तुल्सीराम पाण्डे

तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
Email:tulsirampandey48@gmail.com
आफ्नो गाउ ठाउ लाइ चिनाएको हुनु पर्दछ हामीले
देशको लागि नै केहि गरेको हुनु पर्दछ हामी ज्ञानीले
संचार माध्यम ले पनि आफ्नै देशको लागि सोचेर गरौ
मन्त्री पदमा बस्ने हरुले पनि आफ्नो पेट मात्रै नभरौ

मन्त्री पदमा बसेका हरुले पनि आफ्नो बिभाग लाइ ध्यान देउ
भस्टचार गर्ने हरुलाई पनि सरकार ले कडा कारबाही गरिदेउ
प्रशशानिक काममा नै देखिन्छन नेपाल मा भस्टचार
आम गरिब जनताहरु माथि नै भयो सारै नै अत्याचार

सबै बिभाग बाट रोक लगाउनु पर्यों भस्टचार को क्षेत्रलाइ
अति कठोर कारबाही गर्नु पर्दछ भस्टचारी हरु एस्तालाई
मन्त्री पदमा बस्ने हरुले ध्यान देउ बिकास को क्षेत्रमा
तिमीहरु बस्न सक्छौ सबै नेपाली जनताहरुको नेत्रमा

नेपालको निम्ति तिम्रो भावना छ भने देशलाई अगाडी बढाउ
हैन भने राजनीति गरेर तिमीले हाम्रो देशलाई नलड़ाउ
अरु देशले राखिदिएका कल कारखाना पनि बन्द गरायौ
हाम्रै नेपाली दाजुभाई लाइ लडाएर तिमीहरुले मरायौ

गर्न सक्दैनौ भने तिमीहरु अगाडी किन बढ्छौ
गाउ गाउमा भोट माग्दै तिमीहरु किन हिड्छौ
गर देशको लागि मर देशको लागि देशको भक्त बनेर
तिमीलाई जनताले भन्नेछन् यिनीहुन् नेपाली बिर भनेर

VIEWERS